शेयेर गर्नुहोस
सुदिप बिक
टीकापुर । नेकपा (माओवादी केन्द्र)का टीकापुर नगर अध्यक्ष खडक शाहले दलित महिलाहरुलाई महत्वपुर्ण नेतृत्वमा ल्याउने बाताबरण मिलाउन नेकपा माओबादी केन्द्रले ठुलो संघर्ष गरेको र आगामि दिनहरुमा समेत संघर्ष गर्ने बताएका छन ।
प्रभावकारी र समावेशी सुशासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दलित महिलाको राजनैतिक नेतृत्व सुनिश्चितताको लागी स्थानिय दलका नेतृत्व सँग आज टीकापुरमा गरिएको अन्तरक्रिया कार्यक्रममा शाहले सो कुरा बताएका हुन ।
यसैगरी कार्यक्रमको अध्यक्षता गर्दै टीकापुर नगरपालिकाकी उपप्रमुख केशरी बिष्टले दलितको हक अधिकार, सुनिश्चितता, समाबेशीता र सुदृढीकरणका लागी सरकारले दलित आयोग, महिला आयोगहरु निर्माण गरेको भन्दै कुनै पनि नेतृत्वमा आउन दलित महिलाहरुले चासो दिन अत्यन्तै जरुरी रहेको बताईन ।
सो कार्यक्रममा टीकापुर नगरपालिकाका वडामा निर्वाचित दलित महिलाहरुले वडा सदस्यहरुले वडामा निर्वाचित भैसकेपछी भोगेका चुनौती र अनुभवहरु सुनाउदै राजनितीक कुराहरु नबुझेरै राजनितिमा आयौ भन्दै अब असल राजनीति गरेर देखाउने प्रतिबद्वता समेत जनाएका छन ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा न ५ का दलित महिला वडा सदस्य सरिता भुलले राजनितिक कुरा नबुझेरै राजनीतिक पार्टीमा प्रबेश गरेको बताइन, साथै निर्वाचित भई सकेपछि धेरै कुराहरु सिक्ने मौका पाएको भन्दै आगामि दिनहरुमा शसक्त रुपमा राजनीतिमा अघि बढ्ने आट् गरेको समेत उनले बताईन ।
त्यस्तै वडा न.ं ९ का दलित महिला वडा सदस्य दिलु बि.क.ले आफु सदस्यमा निर्वाचित भैसकेपछी धेरै कुराहरुको बारेमा चुनौती भोगेको बताइन । आगामि दिनहरुमा राजनीति कुराहरु बुझेका महिलाहरुलाई राजनितिमा ल्याउन सके काम गर्न सकिने समेत उनले बताईन ।
यसैगरी वडा न ४ कि वडा सदस्य तुलसा बि.क.ले भनिन् ‘घरको चुलोचौकोमा मात्रै सिमित भैरहदा केहि कुराहरुको बारेमा जानकारी थिएन’ अब वडामा निर्वाचित भैसकेपछि धेरै कुराहरुको बारेमा जानकारी पाएका छौ भन्दै आगामी दिनहरुमा असल राजनिति गरेर देखाउने समेत उनले बताईन ।
कार्यक्रममा धारणा राख्दै अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति नरेश केसी, नेकपा ऐमालेका धुर्व परीयार, नेकपा समाजबादीका नगर सचिव राम बहादुर बिक, समाजबादी पार्टीका नगर उपाध्यक्ष गोपाल बि.क, स्पिट नेपालकि ललिता सुनार ,दलित महिला केन्द्र नेपालकि अध्यक्ष गौरा नेपाली, द एसिया फाउन्डेसन सुदुरपश्चिम प्रदेशका संयोजक यज्ञमान सेठ्ठी लगायतले अ–आफ्ना धारणा व्यक्त गरेका थिए । भने कार्यक्रमको संचालन दलित महिला केन्द्र नेपालका मिथुन सिजापती गरेका थिए ।