शेयेर गर्नुहोस
टीकापुर । गौरीफन्टा नाकाबाट बेच्नका लागि भारततर्फ लैजाँदै गरेकी एक युवतीको उद्धार गरिएको छ ।
कैलालीसँग जोडिएको सीमानाका गौरीफन्टा नाका हुदै बेच्नका लागि भारततर्फ लैजाँदै गरेकी कैलालीको लम्कीचुहा नगरपालिका १ की १९ वर्षीया युवतीको उद्धार गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुरबाट गौरीफन्टा नाकामा रहेको सुरक्षा पोस्टले युवतीलाई ललाइफकाइ भारत लगिरहेको अवस्थामा उद्धार गरेको हो ।
उनलाई ललाइफकाइ भारत लगिरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको राजस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्ने १८ वर्षीय चिराग दुग्गललाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।