नेपाली काँग्रेस कैलाली जिल्ला सभापति पदका उम्मेदवार बडुवालद्वारा एजेण्डा सार्बजनिक

शेयेर गर्नुहोस

टीकापुर । नेपाली काँग्रेस कैलाली जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडूवालले आफ्ना एजेन्डाहरू पनि सार्वजनिक गर्नुभएको छ ।


उहालेले ९ बुँदे एजेण्डाहरु सार्बजनिक गर्दै बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्बजनिक गर्नु भएको हो । पार्टी सशक्त बनाई तल्लो स्तरसम्म पार्टीलाई मजबुद बनाउन आफूले उम्मेदवारी दिएको बताउनु भएको छ ।

जिल्लामा रहेका क्रियाशील सदस्यहरूको स्वाभिमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने प्रयत्न गर्ने, गुट बन्दी मुक्त काँग्रेसका निमित्त ‘युवा जागरण अभियान’ गर्ने, आउने निर्वाचनहरूमा पार्टीलाई कम्तीमा पनि दुई तिहाइ स्थानमा जिताउने प्रयत्न गर्ने गर्ने,पार्टीका कार्यकर्ताहरूलाई विकास निर्माणका एजेन्डामा लगाउने र हरेक जात जातिका बिचमा सद्भाव कायम गराउने प्रयत्न गर्ने उहाले बताउनु भएको छ ।

यसैगरी सभापतीका उम्मेदवार बडुवालले भातृ सङ्गठनहरूलाई क्रियाशील र चुस्त दुरुस्त बनाउने, पार्टी कार्यालय व्यवस्थित गरी हरेक कार्यकर्ताको गुनासो र समस्याको समाधान गर्ने, भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिने,पार्टी भित्र तलै देखि समावेशिता, पार्टीमा मूल्य–मान्यता, नीतिको प्रधानता मेरो प्रतिबद्धता हुने बताउन भएको छ ।

कैलाली काँग्रेसको अधिवेशन १५ माघका लागि तोकिएको छ । २७ पुसमा हुने भनिएको जिल्ला अधिवेशन राष्ट्रियसभाको निर्वाचनले गर्दा सार्नुपरेको काँग्रेसले जनाएको छ ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed