नेपाल प्रहरीका २६ एसएसपीको सरुवा । (सूचीसहित)

शेयेर गर्नुहोस

काठमाडौं । नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। विहीबार गृहमन्त्री बालकृष्ण खाणले जनपद प्रहरी समूहतर्फका २६ जना एसएसपीको सरुवा गरेका हुन्।

महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका बसन्तबहादुर कुँवरले पाएका छन् । महानगरीय अपराध महाशाखा प्रमुख रहेका चन्द्रकुवेर खापुङलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतको अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ।
प्रवक्ता कुँवरको ठाउँमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत बिष्णुकुमार केसीको सरुवा गरिएको छ ।

उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा, चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।

amazed