शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुरकि एक महिला धनगढीमा मृत फेला परेकी छन् ।
टिकापुर नगरपालिका घर भई धनगढी उपमहानगरपालिका वडा नं. ३ आदर्श चोक डेरा गरी बस्ने ४० वर्षीया लक्ष्मी चौधरी मृत फेला परेकी हुन् ।
आइतबार उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।