जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

शेयेर गर्नुहोस

बझाङ । जिल्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ कैलाशबाट सदरमुकाम चैनपुरका लागि छुटेको सुप ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नं २ मोर्तोलीमा दुर्घटना परेको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका जिप धनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै उनको मृत्यु भएको छ ।

मोर्तोलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् । जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *