शेयेर गर्नुहोस
टीकापुर / कैलालीको टीकापुर विमानस्थल संचालनका लागि शनिवार छलफल भएको छ । सुदूरपश्चिम प्रदेश सभा प्रमूख प्रतिपक्ष दलका नेता डा. रण बहादुर रावलको अध्यक्षतामा उक्त छलफल भएको हो ।
सो छलफल कार्यक्रममा राजनितिकदलका नेता, बिभिन्न संघसंस्थाका प्रतिनिधी, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
छलफल कार्यक्रममा समाजसेवी नवराज रावलले टीकापुरमा विकाशका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक हुनुपर्ने बताउनुभयो ।
उहाँले टीकापुर विमानस्थल संचालनका लागि विमानस्थलको लम्बाई प्रयाप्त रहेको समेत जानकारी गराउनुभयो ।
टीकापुर विमानस्थलको क्षेत्रफल कम भएको भन्नेजस्ता बिभिन्न ठाउँमा टिकाटिप्पणी हुने गरेका चर्चाको खण्डन गर्दै रावलले भन्नुभयो– अन्य केहि संचालित विमानस्थल भन्दा टीकापुर विमानस्थलको क्षेत्रफल बढी रहेको छ ।
कार्यक्रममा समाजसेवी रावलले टीकापुर विमानस्थलको लम्बाई १२४५ मिटर रहेको पनि जानकारी गराउनुभयो ।
टीकापुर विमानस्थलको उत्तर तथा दक्षिण भागतर्फ केहि साँगुरो रहेको पनि समाजसेवी रावलले सो कार्यक्रममा बताउनुभयो ।
विमानस्थल संचालनगर्दा विमानस्थल साँगुरो भएको स्थानलाई फराकिलो गर्नुपर्ने अवस्था आउनसक्ने समाजसेवी रावलले बताउनुभयो ।
सो छलफल कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पस पूर्व क्याम्पस प्रमूख प्रा.डा. जगत बहादुर सिँह रावलले टीकापुर विमानस्थल संचालनमा ल्याउन राज्यपनि गम्भिर हुनुपर्ने बताउनुभयो ।
राज्यले तत्कालै फाइदामात्र हेर्नु हुँदैन, जनताको सेवा सुविधाका लागि तत्काल घाटा समेत व्यहोर्नुपर्ने रावलले धारणा राख्नुभयो ।
सरकारले जनताले तिरेको करको जनताको सुविधाका लागि खर्च किन नगर्ने ? रावलले प्रति प्रश्न गर्नुभयो ।
विमानस्थल संचालन गर्न टीकापुर क्षेत्रका सबैले एकजुट भएर सरकारलाई दबाबपनि दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सभापती एवम् पत्रकार भुवनेश्वर अधिकारी, एमालेका नेता श्याम खत्री, टीकापुर बहुमुखी क्याम्पस प्रमुख केशर बहादुर कुवँर, समाजसेवी जगदिश्वर पण्डित, पत्रकार मातृका तिमिल्सेना, एकिन्द्र तिमिल्सिना, समाजसेवी राजु बिष्ट लगायतले आ– आफ्नो धारणा राख्नु भएको थियो ।
सरकारबाट टीकापुर विमानस्थल संचालनका लागि २ करोड छुट्याइएको छ । सो रकम टीकापुर विमानस्थल संचालनका लागि खर्च गरिने छ ।
साथै सो रकम केहिले विमानस्थल कालोपत्रेमा खर्च गरिनुपर्ने तथा केहिले तारजालीमा सो रकम खर्च गरिनुपर्ने धारणा राख्नुभएको थियो ।
सो छलफल कार्यक्रममा पूर्व राज्यमन्त्री चन्द्र सिँह भट्टराई, पूर्व राज्य मन्त्री जनकराज चौधरी, संविधानसभा सदस्य बुद्धिसागर चौधरीको समेत उपस्थिती रहेको थियो ।