शेयेर गर्नुहोस
टीकापुर । कैलालीको गोदावरी नगरपालिकाले आफ्ना सेवाहरु बन्द गरेको छ। आइतबार सूचना जारी गर्दै नगरपालिकाले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय बन्द रहेको जनाएको छ।
सोही कारण माघ ९ गतेदेखि १५ गतेसम्म नगरपालिकाले कार्यालय बन्द हुने जानकारी दिएको छ। सो अवधिमा सरसफाई, स्वास्थ्य र दमकल लगायतका अत्यावश्यक सेवा भने सुचारु रहने प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्टले बताएका छन। कैलालीका बिभिन्न ठाउँहरुमा कोरोना संक्रमण अत्याधिकरुपमा बढेको स्वास्थ्यकर्मीहरु बताउछन ।