विप्लव कार्यकर्ताद्वारा वडा अध्यक्ष र वडा सचिवलाई कालोमोसो

शेयेर गर्नुहोस

बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका छन् ।

वडाको योजनामा करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको लगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्ववियु९क्रान्तिकारी०द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियु(क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहित विपरीत कार्य गरेको ठहर गर्दै कारबाही गरिएको अनेरास्ववियु (क्रान्तिकारी) ले दाबी गरेको छ ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed