कैलालीको टीकापुरमा संचालित नयाँ बिहानी पुनः स्थापना केन्द्रको १० औं वार्षिक शाधारणसभा सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरमा संचालित नयाँ बिहानी पुनः स्थापना केन्द्रको १० औं वार्षिक शाधारणसभा आज सम्पन्न भएको छ ।


सो साधारण सभामा प्रमुख अतिथी टीकापुर नगरपालिका उपप्रमुख केशरी बिष्ट रहनु भएको थियो ।


प्रमूख अतिथी बिष्टले अहिलेको अवस्थामा टीकापुरक्षेत्रका थुर्पै युवाहरु कुलतमा फसेका छन त्यसैले कुलतमा फसेका युवाहरुले सकारात्मक परिवर्तन तर्फ आउनुपर्ने बताउनुभयो ।


यो जिवन अमुल्य जिवन हो भन्दै प्रमुख अतिथी बिष्टले लागुऔषधमा फसेका युवाहरुले घरपरिवार तथा आफन्तलाई खुसीराख्न लागुऔषध दुव्र्यशनी त्याग्नुपर्ने सुझाव दिनुभयो ।


समाजबारे धेरैको आ–आफ्नै बिश्लेषण होला तर सकारात्मक सोचले मात्र समाज रुपान्त्रण हुने कुरा समेत बिष्टले बताउनुभयो ।


प्रमुख अतिथी बिष्टले भन्नुभयो–‘लागुऔषध दुव्र्यशनी नियन्त्रण गर्न टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरले विभिन्न विद्यालयहरुमा जनचेतना कार्यक्रमको आयोजना समेत गर्दै आएको छ । तर लागुऔषध दुव्र्यशनी नियन्त्रण गर्न सबैक्षेत्रका सबैको आवश्यक्ता हुन्छ । त्यसैलेपनि यसतर्फ सबैले जागरुक हुनुपर्ने उहाँले बताउनुभयो ।


यसैगरी कार्यक्रमका सभापति तथा नयाँ बिहानी पुनः स्थापना केन्द्रका अध्यक्ष कल्पेश कुवँरले टीकापुरमा चार सुधारगृह संचालनमा छन । टीकापुरक्षेत्रका राजनितीकदल, स्थानिय सरकार, प्रहरी प्रशासन, पत्रकार लगायतले साथ दिनुपर्छ हामी टीकापुरक्षेत्रमा लागुऔषध नियन्त्रण गर्न सक्छौं भन्ने दावी गर्नुभयो ।


कुवँरले भन्नुभयो–‘थुर्पै पटक प्रहरीले लागुऔषधसहित पक्राउ गरी अदालत पेश गरेका युवाहरु तत्कालै छुट्ने गरेकालेपनि लागुऔषध कारोबार नियन्त्रण नभएको हो र ती युवाहरु अहिलेपनि लागुऔषधको कारोबारमा संलग्न छन ।


यस्तै टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा सो कार्यक्रमका बिशिष्ठ अतिथी राम बहादुर भण्डारीले युवाहरु राष्ट्रका गहना हुन । त्यसैले राष्ट्रलाई युवाहरुको सदैव आवश्यक्ता रहने बताउदै युवाहरु गलत बाटोमा हिडेपछि देश नै दुर्गतितर्फ जाने सम्भावना बढी रहेको बताउनुभयो ।


अहिलेको अवस्थामा युवाहरुले नकारात्मकरुपमा होइन सकारात्मक रुपमा अघि बढ्नुपर्ने समेत बिशिष्ठ अतिथी भण्डारीले बताउनुभयो ।

यसैगरी रेडियो नमस्तेका प्रबन्ध निर्देशक कर्ण कुवँरले अहिलेको अवस्थामा लागुऔषध दुव्र्यशनी भयावह अवस्थामा पुगिसकेको बताउनुभयो ।
साथै उहाँले भन्नुभयो–‘लागुऔषध दुव्र्यशनी नियन्त्रण गर्न स्थानिय सरकार, प्रहरी, नागरिक समाज, राजनितिकदल, संचारकर्मी लगायत सबैले एकजुट भएर अगाडि बढ्ने हो भने लागुऔषध दुव्र्यशनी नियन्त्रण हुन्छ ।


त्यसैगरी अर्का बिशिष्ठ अतिथी इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले टीकापुरक्षेत्रमा घटेका कुनैपनि घटना हुन ती घटनाहरु लागुऔषधसंग जोडिए को बताउनुभयो ।


लागुऔषध दुव्र्यशनी नियन्त्रण गर्न प्रहरीको पहलबाट मात्र नियन्त्रण हुन असम्भव रहेकाले सबैले आ–आफ्नो क्षेत्रबाट लागुऔषध दुव्र्यशनी नियन्त्रण गर्न पहल गर्नुपर्ने प्रहरी नायव उपरिक्षक सापकोटाले बताउनुभयो ।


सापकोटाले भन्नुभयो–‘टीकापुर क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेकाहरु केहि समयपछि छुट्ने र पुनः लागुऔषधको कारोवारमा संलग्न हुने गरेकाले पनि लागुऔषध नियन्त्रणको समस्या यथावत छ ।


यसैगरी नयाँ बिहानी पुनः स्थापना केन्द्र टीकापुरका संस्थापक एवम् कार्यक्रमका बिशिष्ठ अतिथी तपेन्द्र कुवँरले बिगतमा यो केन्द्र संचालन गर्दा बिभिन्न ठाउँहरुमा गलत टिका–टिप्पणी गर्नेहरुलाई अहिले यो केन्द्रले प्रशंसा गर्ने अवस्थामा सम्म ल्याएको बताउनुभयो ।


हामीले यसक्षेत्रका कुलतमा फसेका थुर्पै युवाहरुलाई असल बाटो देखाएर सक्षम युवा बनाएको समेत कुवँरले बताउनुभयो । टीकापुरमा हाल ४ सुधार गृह संचालनमा आएकोपनि कुवँरले जानकारी गराउनुभयो ।


त्यस्तै कार्यक्रममा टीकापुरका समाजसेवी लोक बहादुर बुढाक्षेत्रीले लागुऔषध दुव्र्यशनीबाट थुर्पै युवाहरुको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै दुख व्यक्त गर्नुभयो ।
समाजसेवी बुढाक्षेत्रीले आफ्नो बालबालिकातर्फ सर्बप्रथम अभिभावकको जिम्मेवारी बढी रहने भएकाले अभिभावकले आफ्नो बालबालिकातर्फ बढी ध्यान दिनुपर्ने कुरा औल्याउनुभयो ।


सो कार्यक्रममा लागुऔषधमा लागेर हाल सो केन्द्रमा औषधोपचारमा रहेका मनोज योगीले लागुऔषध सेवनबाट हुने गरेका नकारात्मक तथा सकारात्मक अनुभव बारे टिप्पणी गर्नुभएको थियो ।


त्यसैगरी सो कार्यक्रममा केन्द्रले लागुऔषध नियन्त्रणमा निरन्तर आफ्नो भूमिका निर्वाह गर्दै आउनुभएका रोशन कडायत लाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेको छ ।


सो कार्यक्रम नयाँ बिहानी पुनः स्थापना केन्द्रका संस्थापक सदस्य निरञ्जन रावलले स्वागत मन्तब्य राख्नु भएको थयो भने भक्तराज देवकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

amazed