सुदूरपश्चिमका एकजना युवकको पोर्चुगलमा मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिमका एकजना युवकको पोर्चुगलमा मृत्यु भएको छ ।

तीन वर्षदेखि पोर्चुगल बस्दै आएका कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाका ३८ वर्षीय तर्कराज भट्टको मृत्यु भएको जनाइएको छ।


गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाका अनुसार उनले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी बस्ने घरभन्दा केही पर रुखमा झुन्डिएको अवस्थामा प्रहरीले भेटेको बताइएको छ।


पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका भट्ट कृषि फार्ममा काम गर्दै आएको जनाइउको छ । मृतक भट्टका एक छोरा र श्रीमती छन् ।

ताजा खबर

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

amazed