शेयेर गर्नुहोस
धनगढी । प्रेस चौतारी नेपाल कैलालीको नयाँ कार्य समिति चयन गरिएको छ । मंगलबार सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट भानुभक्त आचार्यको अध्यक्षतामा नयाँ कार्य सर्वसम्मत रूपले चयन गरिएको प्रेस चौतारीले जनाएको छ ।
प्रेस चौतारी सुदूरपश्चिमका सहइन्चार्ज गोविन्द रोस्याराको संयोजकत्वमा गठित अध्यक्ष मण्डलले प्रस्ताव गरेको कार्य समितिलाई बन्द सत्रले अनुमोदन गरेको हो ।
उपाध्यक्षमा निराजन परियार, उपाध्यक्ष महिला मिना चौधरी, सचिवमा जनकसिंह विष्ट, सहसचिवमा प्रेम विष्ट र कोषाध्यक्षमा लोकुसिंह ठकुरी चयन भएका छन् ।
यस्तै सदस्यहरूमा राम सुनार, अंकित उप्रेती, रोशनी बिक, सागर परियार, अनिला स्वर्णकार, खगेन्द्र अवस्थी र कुलराज चौधरी चयन भएका छन् । सहसचिव समावेशी र पाँच जना कार्य समिति सदस्यलाई भने जिल्ला कार्य समितिले मनोनित गर्नेछ ।
यसैबीच प्रेस चौतारी कैलालीले चार जना पूर्व अध्यक्षलाई संगठन विस्तारमा खेलेको योगदानको कदर गर्दै सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्व अध्यक्ष हेमन्त पौडेल, शेरबहादुर बस्नेत, बिरेन्द्र रावल र मातृका तिमिल्सेना रहेका छन् ।
उनीहरूलाई दोसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरिएको हो । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रेमुख आथित्यतामा भएको उदघाटन सत्रमा प्रदेश इन्चार्ज हेमन्त पौडेल, महासचिव शिवराज भट्ट लगायतको उपस्थिती रहेको थियो ।