शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का ७४ वर्षीय पुरुषको बुधबार (आज) बिहान मृत्यु भएको जनाइएको छ ।
माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।