सन्त निरंकारी मण्डल टीकापुरद्वारा ४ कोठे भवन निर्माणको सामाजिक लेखा परिक्षण सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर स्थित सन्त निरंकारी मण्डल टीकापुरले ४ कोठे भवन निर्माणको लेखा परिक्षण सम्पन्न भएको छ ।


७ लाख अनुदान र संंंंस्थाको ३ लाख ८५ हजार ९ सय ३४ रुपैयाँँ श्रमदनमा भएको सो भवनमा १० लाख ८५ हजार ९ सय ३४ रुपैया भवनको निर्माण सम्पन्न भएको हो ।


भवन निर्माण समितिका अध्यक्ष महादेव भण्डारीको अध्यक्षतामा भएको सार्वजनिक लेखा परिक्षण कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष गंगाराम आर्चाय रहनु भएको थियो । भने सो कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर रावल विशिष्ट अतिथि रहनुभएको थियो ।


निर्माण समितिका सचिव प्रकाशमान ठकुल्लाले लागत रकम प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका प्र.अ. टेकबहादुर चन्दले कार्यक्रम संचालन गर्नुभएको थियो ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *