कञ्चनपुर र कैलाली प्रहरीद्वारा भालुको पित्त र यार्सागुम्बासहित १ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुर प्रहरी र कैलाली प्रहरीले भालुको पित्त र यार्सागुम्बासहित १ जनालाई पक्राउ गरेको छ ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बाट एकजनालाई पक्राउ गरेको हो ।

जुम्ला कनिकासुन्दरी गाउपालिका ३ बस्ने ५७ वर्षीय बिर्ख धामीलाई अन्दाजी १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बा सहित फेला पारेको कञ्चनपुर प्रहरीले मलवारालाई जानकारी दिएको छ ।


अनुसन्धान गर्दै जाँदा कैलालीको गोदावरी नगरपालिका २ मा रहेको उनको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा फेला पारी जम्मा ५२५ ग्राम यार्सागुम्बा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


बरामतसहित पक्राउ परेकालाई जिल्ला वन कार्यालय कञ्चनपुरलाई बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरिक्षक लाल बहादुर बमले मलवारालाई जानकारी दिएका छन ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *