शेयेर गर्नुहोस
टीकापुर । ईलाका प्रहरी कार्यालय लम्की र ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीको संयुक्त प्रहरी टोलीले लागुऔषध सहित दुईजना लाई पक्राउ गरेको छ ।
लम्कि चुहा नगरपालिका वडा नम्बर ३ चिसापानी नयाँ बस्ती बस्ने नरबहादुर बिष्टको घरबाट उनका छोरा अन्दाजी २२ वर्षीय बिरेन्द्र बिष्ट र सोहि ठाउँ बस्ने अन्दाजी २८ वर्षीय राज सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
लागु औषध (खैरो हिरोईन) बिक्रि बितरणको लागी पुडिया (पोका) बनाई राखेको अवस्थामा फेला पारी पोका पारी राखिएको ९ ग्राम १५० मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।