चासो स्थानिय निर्वाचनको

शेयेर गर्नुहोस

कैलाली जिल्लाका बिभिन्न ठाउँहरुमा आगामि स्थानिय निर्वाचनबारे निकै चर्चा हुन थालेको छ । साथै बिभिन्न दलहरुबाट क–कसले उम्मेदवारी पाउने हुन भन्ने बारे समेत टिकाटिप्पणी हुदैछ । कैलालीको टीकापुर क्षेत्रमा समेत आगामि स्थानिय निर्वाचन बारे चासो बढेको छ । बिहानपख चिया–पसलमा होस् या साँझपख रक्सी होटेलहरुमा । स्थानिय निर्वाचनकै बहस चल्ने गरेको छ । साथै बिभिन्न राजनितीकदलका बिभिन्न व्यक्तिहरुको नाम समेत आउने गरेको छ । कसैले कुनै दलबाट उनले उम्मेदवारी पाउने हुन भन्छन भने कसैले अर्कैले उम्मेदवारी पाउने हुन भनेर दावी समेत गर्ने गरेका छन । कसैले निकै चासो लिएर कुनै व्यक्तिको समर्थन समेत गर्ने गरेका छन ।


कैलालीका अधिकांश स्थानियतहहरुमा हालका जन प्रतिनिधी देखि दिक्क भएको कुरा समेत सुनिन्छन । मैले फलानो जनप्रतिनिधीलाई मतदान गर्दा पछुतो भयो भन्नेपनि छन । कसैकसैले त खुलारुपमा जन प्रतिनिधीको नाम किटान गरेर अपशब्द प्रयोग गरेका पनि छन । हुनपनि स्वभाविकै हो । जनताको हितमा काम गर्लान । गाउँवस्तीको बिकाशमा गम्भिर बन्नेछन, भनेर बिश्वास गरेका जनप्रतिनिधीको हालसम्मको हर्कतले जनतालाई दिक्क लाग्नु स्वभाविकै हो । जनप्रतिनिधी चुन्ने जिम्मेवारीपनि जनतामा भरपर्दछ । पार्टी र नातालाई छोड्नैपर्छ, असल जनप्रतिनिधी ल्याउनुछ भने । अनिमात्र सम्पूर्ण क्षेत्रको बिकाशमा सकारात्मक परिवर्तन आउनेछ । नभए यसभन्दा पनि गाउँवस्ती का सडक तथा अन्य बिकाशका पूर्वाधारहरु दयनिय अवस्थामा नआउलान भन्न नसकिने अवस्था छ ।


तसर्थ आगामि निर्वाचनमा भरपर्दो उम्मेदवार निर्वाचित गराउन ध्यान दिन आवश्यक छ । हाम्रो मान्छे नभनेर राम्रो मान्छेलाई छानौ । यसकालागि सबै गम्भिर बनौं ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *