शेयेर गर्नुहोस
टीकापुर । कैलालीको हसुलिया बडैपुर सडकखण्डमा आइतबार साँझ ट्रक दुर्घटना हुदा १२ जना घाइते भएका छन ।
गौरीगंगा नगरपालिका–१० गणेश सामुदायिक वनस्थित हसुलिया बडैपुर सडकखण्डमा हसुलियाबाट धनगढी जादै गरेको सुपप्र ०१००१ क २०२७ नम्बरको मिनीट्रक पल्टिएर दुर्घटना भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार जोशीपुर गाउँपालिका–४ का ३४ वर्षीय गुलाब चौधरीले चलाएको सो ट्रक दुर्घटनामा परेको हो ।
ट्रकमा सवार गौरीगंगा–७ की ५५ वर्षीया रामकलीया चौधरी, ५० वर्षीया छडनी चौधरी, ५० वर्षकै कालीचरण चौधरी, ३३ वर्षीय रविन्द्र चौधरी र जनक चौधरी घाइते भएका छन्।
यसैगरी अन्य घाइतेहरुमा ५ वर्षीया भागरथी चौधरी, १२ वर्षीय सोम चौधरी, १७ वर्षीया ममता चौधरी, १५ वर्षीय अनिल चौधरी, २२ वर्षीय अर्जुन चौधरी, ३२ वर्षीया रंगीना चौधरी र जोशीपुर–३ का ३७ वर्षीय राजाराम चौधरी घाइते भएका छन् । उनीहरुको सौगात मेडिकल हल मसुरियामा उपचार भएको थियो भने घाइते १२ जनामध्ये ५ जनालाई रिफर गरिएको बताइएको छ।
रामकलीया, कालीचरण, जनक, भागरथी र ममतालाई धनगढीस्थित निसर्ग अस्पतालमा रिफर गरिएको हो। ट्रक चालकले मापसे गरेको पाइएको र उनलाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।