प्रेस सेन्टर नेपालको टीकापुर शाखा गठन

शेयेर गर्नुहोस

टीकापुर । प्रेस सेन्टर नेपाल टीकापुर शाखाको पहिलो अधिवेशन आज सम्पन्न भएको छ ।


प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज रामसिँह ठगुन्नाको प्रमुख आतिथ्यमा सो अधिवेशन सम्पन्न भएको हो ।


पत्रकार बलराम भगोरियाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) टीकापुरका अध्यक्ष खडक शाह (संघर्ष) र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य दुर्गा भण्डारीले बिशिष्ठ अतिथीको आशनबाट मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रममा बिशिष्ठ अतिथि प्रेस सेन्टर नेपालका केद्रिय सदस्य मदनराज जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य दीपेन्द्र भण्डारीको समेत सहभागिता रहेको थियो ।


कार्यक्रममा प्रेस सेन्टर नेपालका कैलाली जिल्ला समन्वय समिति अध्यक्ष तेजराज भट्ट, प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश उपाध्यक्ष पदम बोहरा, नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष घनश्याम पौडेलले मन्तब्य राख्नु भएको थियो ।


त्यसैगरी पत्रकार छविलाल जैसीले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रम पत्रकार पूर्ण बिकले संचालन गर्नु भएको थियो ।


यसैगरी अधिवेशनले पत्रकार बलराम भगोरियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।


कमिटीको उपाध्यक्षमा जगतकुमारी जैसी, सचिव पूर्ण बिक, सहसचिव मानबहादुर ठकुल्ला, कोषाध्यक्ष खेमराज पाण्डेय तथा सदस्यहरु हरि चौधरी, राजेन्द्र बिक, राकेश चौधरी, पूर्णीमा चौधरी, सिताराम चौधरी र रबिना चौधरी रहनु भएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *