निबन्ध लेखन प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
घोडाघोडीमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र बाल कल्याण सङ्घ टिकापुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कोभिड १९ ले शिक्षामा पारेको प्रभावका बारेमा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगिता भएको थियो । जसका यस घोडाघोडी नगरपालिका भित्रका २० जना किशोरी किशोरहरूको सहभागिता रहेको थियो ।


निबन्ध लेखन प्रतियोगितामा प्रथम करुणा चौधरी, द्धितिय कृतिका आचार्य र तृतीय उमेश ढुङ्गाना भएका थिए । उनीहरूलाई पुरस्कार स्वरूप शैक्षिक सामाग्री प्रमाण पत्र प्रदान गरीएको थियो ।

बालबालिकाहरूमा अन्तर्निहित सृजनात्मक अभिव्यक्ति क्षमताको पहिचान गर्ने भएकाले पालिका स्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गरीएको बाल स्पोन्सरसिप परियोजनाका सामाजिक परिचाल रमिता कुमारी चौधरीले जानकारी दिनु भयो ।


विगत केही वर्ष यता देखी वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र बाल कल्याण सङ्घ टिकापुर द्वारा सञ्चालित बाल स्पोन्सरसिप परियोजनाले घोडाघोडी नगरपालिकामा काम गरिरहेको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *