शेयेर गर्नुहोस
नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको जोखिम नियन्त्रण र रोकथामकालागि जीवनशैली परिवर्तन सम्बन्धी जानकारी
सुदिप बिक,
टीकापुर । नमुना स्वास्थ्य वडा कार्यक्रम अन्तर्गत टीकापुर नगरपालिका वडा न ८ स्थित धनसिँहपुर स्वास्थ्य चौकीले नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको जोखिम नियन्त्रण र रोकथामका लागि जीवनशैली परिवर्तन सम्बन्धी वडा स्तरिय सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम छ ।
म बदलिन्छु मेरो देश बदलिन्छ भन्ने मुलनाराका साथ बिहिबार सम्पन्न भएको अभिमुखिकरणमा अध्यक्षता गर्दै धनसिँहपुर स्वास्थ्य चौकीका अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले नेपालमै वडा न ८ लाई स्वास्थ्य वडा बनाउने उद्देश्य अनुरूप स्वास्थ्यका मापदण्ड बनाएर धनसिँहपुर स्वास्थ्य चौकी अघि बढिरहेको बताए ।
अध्यक्ष ठकुल्लाले नगरपालिकाकाले स्वास्थ्यका क्षेत्रमा समेत लाखौ खर्च गरिसकेकाले वडालाई स्वास्थ्य नमुना वडा बनाउन एम्बुलेन्स उपलब्ध भईसकेकाले कार्यपालिको निर्णय अनुसार केहि दिनमै एम्बुलेन्स सेवा सुरु हुने भएकाले वडाको बिकासका लागी सबैको समन्वय आवश्यक रहेको बताए ।
अभिमुखिकरण कार्यक्रममा सचेतिकरण गर्दै धनसिँहपुर स्वास्थ्य चौकीका ईन्चार्ज केवलसिँह भुलले नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको जोखिम नियन्त्रण र रोकथामका लागि दैनिक जीवनशैली परिवर्तन गर्न अति आवश्यक रहेको बताए ।
ईन्चार्ज भुलले बिश्वमा नसर्ने रोगहरु रोकथाम तथा नियन्त्रण प्रयास, नेपालमा हुने विभिन्न नसर्ने रोगहरुको अवस्था, नसर्ने रोगको कारण बिश्वमा माहामारीको रुप, अस्वस्थ्यकर आहार र खानपान, क्यान्सरको जोखिम आदी बारे सहजिकरण गर्दै नसर्ने रोगहरुले बिस्तारै शरिरलाई उच्च जोखिम बनाउने भएकाले स्वस्थ रहन खानपानमा बिशेष ध्यान दिन आवश्यक रहेको बताए ।
टीकापुर वडा नं. ८ लाई नमुना स्वास्थ्य वडा मात्र नभइ यो वडालाई धुम्रपान, मद्यपान रहित वडा बनाउन सबैले सक्रिय हुनुपर्ने समेत इन्चार्ज भुलले बताए ।
नेपालमा अधिकांसले काठ दाउँरामा खाना पकाउनाले फोक्सोको समस्या हुने गरेको बताउदै १७ लाख मानिसको मृत्यु बिश्वमा सागसब्जीको कमिले भैरहेको र बिश्वमा ८० प्रतिशत नसर्ने रोगका कारणले मानिसहरुको मृत्यु हुने गरेको बताए ।
अहेब यम शाहले कार्यक्रमको सँचालन गरेका थिए भने अभिमुखिकरण कार्यक्रममा सहभागी जनप्रतिनिधि, समाजसेवी,राजनीतिज्ञ, आमासमुहका प्रतिनिधि, शिक्षक,पत्रकार, बुद्धिजीवी गरी ४० जनाको नसर्ने रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।