नवजीवन सहकारीको अध्यक्षमा बम, बिबरण सहित

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाबाट अध्यक्षमा देवबहादुर बम विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतलाई पराजित गर्दै बम विजयी भएका हुन् ।

नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा कुल खसेको १७ हजार ८० मतमध्ये बमले ८ हजार ३९१ मत पाए। कठायतले ७ हजार ८३ मत पाए।

यस्तै उपाध्यक्षमा चेतराज ओझा निर्वाचित भएका छन् । सदस्यहरूमा इन्दिरा जैशी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज बिष्ट, घनबहादुर शाह विजयी भएका छन् ।

यस्तै उपेन्द्र बिष्ट, शिवकुमार जोशी, गणेश बम, जयराज जोशी, विश्वनाथ ओझा पनि सदस्यमा विजयी भएका छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा चेतराज जोशी, सदस्यमा गणेशप्रसाद उपाध्याय र लक्ष्मीराज पन्त निर्वाचित भएका छन् ।

ताजा खबर

amazed