कैलालीमा यौनधन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित ९ जना महिला पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा यौन धन्दा सञ्चालन गर्ने होटल व्यवमसायी आज पक्राउ परेका छन ।


होटल व्यवसायी सहित ९ जना महिला समेत पक्राउ परेका छन् । विशेष सुचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्ने होटलहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएनचोकमा रहेको शाही होटल सञ्चालक, ट्राफिक चोक चौराहमा रहेको सनराईज होटल, ट्राफिक चोक चौराहमा रहेको बुढिनन्दा बाजुरा होटल र वडा नं. १२ क्याम्पसचोक स्थित रहेको प्रिन्स होटलका सञ्चालकहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


होटलहरुमा छापा मार्दा यौन धन्दामा संलग्न ९ जना महिलाहरुलाई पनि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed