टीकापुरमा सरसफाइमा जुट्यो, कर्णाली सुपर यातायात

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर स्थित कर्णाली सुपर यातायात प्रालिको टिमले आइतवार फोहर व्यवस्थापन तथा सरसफाई गरेको छ ।


सो यातायातको टिमले टीकापुरमा भएको होली खेल मैदानमा फोहर व्यवस्थापन तथा सरसफाई गरेको हो ।


होली खेल मैदानमा अत्याधिकरुपमा फोहर भएकाले हामीले सरसफाई कार्यलाई गम्भिरतापूर्वक लिएर फोहर व्यवस्थापन तथा सरसफाई गरेको सो यातायात प्रालिका अध्यक्ष लोक बहादुर बुढाक्षेत्रीले मलवारालाई बताए ।


फोहर व्यवस्थापनमा सो प्रालिका करिब ३ दर्जन जतिको सहभागिता रहेको पनि बुढाक्षेत्रीले जानकारी दिए ।
बुढाक्षेत्रीले भने–‘टीकापुरको होली खेलमा हजारौको उपस्थिती रहेको थियो । होली खेल मैदानमा यत्रतत्र थुर्पै प्लाष्टिकदेखि बिभिन्न फोहर वस्तुहरु छन ।’ सबै फोहर वस्तुहरु व्यवस्थापन तथा पूर्णरुपमा सरसफाई गर्ने कुरा समेत उनले बताए ।


टीकापुर स्थित कर्णाली सुपर यातायात प्रालिले टीकापुरमा बिभिन्न सामाजिक कार्यहरुलाई सहयोग पुगाउन निरन्तरता दिदै आएको छ ।

amazed