जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीको कार्यालय उद्घाटन

शेयेर गर्नुहोस

नागरिक उन्मुक्ति पार्टीमा जनता समाजवादी पार्टीका कैलाली सचिवालय सदस्यले प्रवेश गरे


टीकापुर । जानकी गाउँपालिका वडा नं. १ दुर्गौलीमा नागरिक उन्मुक्ति पार्टीको कार्यालय उद्घाटन भएको छ ।
बुधबार बिहान सो पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यालय उद्घाटन गर्नु भएको हो ।


उद्घाटन कार्यक्रममा उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले नागरिक उन्मुक्ति पार्टी भाषणमा मात्र सिमित नभएर सदैव जनताको हितमा सकारात्मकरुपमा अग्रसर रहने बताउनुभयो ।


पण्डितले भन्नुभयो–‘आफुलाई ठुला राजनितिकदल बताउनेहरुले राष्ट्रलाई दोहन गरेर संकलित रकमले राजनिति गर्दैछन् सो कुरा जनताले समेत बुझिसकेका छन् ।


उक्त कार्यालय उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका कैलाली जिल्ला सचिवालय सदस्य खकेन्द्र बिकले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।
उहाले नागरिक उन्मुक्ति पार्टीप्रति आफु आकर्षित भएर प्रवेश गरेको बताउनुभएको छ ।


सो कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका कोषाध्यक्ष कोमल ज्ञवाली, पत्रकार गणेश चौधरी लगायतको उपस्थिती रहेको थियो । भने उक्त उद्घाटन कार्यक्रम संचालन ललित ताम्राकारले गर्नुभएको थियो ।

amazed