शेयेर गर्नुहोस
टीकापुर । । कैलालीको गौरीगंगा नगरपालिका वडा न.१ चौमालामा मंगलबार नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) ले काङ्ग्रेस क्षेत्र न.४ (क) को प्रदेश कार्यालय उद्घाटन गरेका छन् ।
नेपाली काङ्ग्रेस क्षेत्र ४ क को प्रदेश कार्यालय उद्घाटन एवं पदाधिकारी सदस्यहरूको पदस्थापन कार्यक्रमका सभापति नेपाली काङ्ग्रेस क्षेत्र ४ क का सभापति दलबहादुर साउँदको सभापतित्वमा भएको हो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा ) प्रमुख अतिथि रहेका थिए भने नेपाली काङ्ग्रेस क्षेत्र न.४ का निवर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न.४ का निवर्तमान सभापति दिनेशराज जोशी, नेपाली काङ्ग्रेस कैलालीका पूर्व जिल्ला सल्लाहकार यज्ञनिधि कोइराला , नेपाली काङ्ग्रेस क्षेत्र ४ (क) का सभापति काशीराम शर्मा, उपसभापति ज्ञानबहादुर सिंह, नेपाली काङ्ग्रेस गौरीगंगा नगर सभापति पहल विक्रम चन्द लगायतले मन्तव्य राखेका थिए ।
सो कार्यक्रम सञ्चालन नेपाली काङ्ग्रेस क्षेत्र न.४ क का सचिव राकेश चन्दले गरेका थिए ।