शेयेर गर्नुहोस
टीकापुर । नगरपालिका स्तरिय खोप सम्बन्धि योजना तर्जुमा गोष्ठी आइतबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जनस्वास्थ्य प्रवद्र्धन उपशाखा टीकापुरको आयोजनामा सो गोष्ठी सम्पन्न भएको हो ।
टाइफाइडरोग बिरुद्धको अभियान अन्र्तगत भएको उक्त कार्यक्रममा टाइफाइड रोग बारे जनस्वास्थ्य उपशाखा प्रमुख बल बहादुर रावलले जानकारी गराउनु भएको थियो ।
टीकापुरमा आगामि २५ गते देखि २९ गतेसम्म टाइफाइड खोप लगाइने समेत कार्यक्रममा प्रमुख रावलले बताउनुभयो ।
रावलले टीकापुर नगरपालिका मा मात्र २८ हजार जनालाई टाइ–फाइड खोप लगाइने जानकारी गराउनुभयो ।
खोप कार्यक्रम अन्र्तगत सबैभन्दा पहिला बिद्यालयलाई प्राथमिकता दिइने समेत रावलले बताउनुभयो ।
२८ हजार खोप मध्ये २३ हजार ७ सय २१ जना बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई खोप लगाइने कुरा समेत उहाँले जानकारी गराउनुभयो ।
टीकापुरका बिद्यालयहरुमा मात्र ४ हजार २ सय ९८ जना १५ महिनादेखि ५ बर्षमुनीका बिद्यार्थीहरु रहेको र उनिहरुलाई पहिलो प्राथमिकताका आधारमा खोप लगाइने समेत जनस्वास्थ्य उपशाखा प्रमुख रावलले बताउनु भयो ।
जनस्वास्थ्य उपशाखा प्रमुख रावलले टीकापुरमा ६४ खोप केन्द्र रहने जानकारी गराउनुभयो ।
२ सय बिद्यार्थी रहेका बिद्यालय मा खोप केन्द्र राखिने समेत प्रमुख रावलले बताउनुभयो ।