शेयेर गर्नुहोस
जगत कुमारी जैसी,
टीकापुर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर कैलालीको जानकी गाउँपालिका सहकारी शाखाको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जानकी गाउँपालिका अन्तरगतदर्ताभएका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागितामा सहकारी तथा गरिबी सम्बन्धि सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कोपोमिससँगै सहकारी विभागले जारी गरेको ८८ बुँदे मार्गनिर्देशन सम्बन्धमा समेत छलफल गरिएको छ । कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीका अध्यक्ष तथा जनकल्याण साकोस टीकापुरका व्यवस्थापक छबिलाल जैशीले सहजिकरण गर्नुभएको थियो ।
जानकी गाउँपालिका उपाध्यक्ष उमा महत्तोको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदिपकुमार चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।
सहकारी शाखाप्रमुख हिरालाल चौधरीले स्वागत सहित कार्यक्रम को उदेश्य माथि प्रकाश पार्नुको थियो भने कार्यक्रम संचालन सहकारी शाखाकाकर्मचारी राम प्रसाद चौधरीले गर्नुभएको थियो ।