इन्धनको मूल्य फेरी बढ्यो, साथै खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

शेयेर गर्नुहोस

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ ।

मंगलवार राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ ।

यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

ताजा खबर

amazed