राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दयाराम संज्याल नेकपा (माओवादी केन्द्र) मा प्रवेश

शेयेर गर्नुहोस

टीकापुर । राष्ट्रिय जनमोर्चा नेपालका कैलाली जिल्ला अध्यक्ष दयाराम संज्याल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन ।


सोमबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा केन्द्रिय सदस्य देव गुरुङको प्रमुख आतथ्यिमा भएको कैलालीको संघिय निर्वाचन क्षेत्र नं २ को प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष संज्याल सहित टीकापुर नगर समिति समाहित भएको नेपाल कम्युनिष्ट पार्टी माओेवादी केन्द्र टीकापुरका अध्यक्ष खडक शाह संघर्षले जानकारी दिनुभयो ।


कार्यक्रममा प्रदेश इन्चार्ज खगराज भट्ट , केन्द्रिय सदस्यहरु नेपबहादुर चौधरी, हरी ज्ञवाली, रुपा चौधरी, लक्षिराम आचार्य, तिलक परियार लालबहादुर सोडारी, प्रदेश अध्यक्ष हरीराम चौधरीको उपस्थिति रहेको थियो ।


दुर्गा बडुवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गणेश गिरीले गर्नुभएको थियो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed