टीकापुर प्रहरीद्वारा आन्तरिक मामिला तथा कानुन मन्त्री रावललाई स्वागत

शेयेर गर्नुहोस

भिम चौधरी

टीकापुर । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावललाई ईलाका प्रहरी कार्यालय टीकापुरले स्वागत सहित सम्मान गरेको छ ।


पदभार ग्रहणपछि पहिलो पटक गृहनगर पुग्नुभएका मन्त्री रणबहादुर रावललाई ईलाका प्रहरी कार्यालय टीकापुरले स्वागतसहित सम्मान गरेको हो ।


ईलाका प्रहरी कार्यालय टीकापुरमा भएको कार्यक्रममा मन्त्री रावलले कैलालीका प्रहरी प्रमुख र ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुखसंग टीकापुर र समग्र कैलाली जिल्लाको शान्ति सुरक्षाबारे जिज्ञासा राखेका थिए ।


कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले कैलालीको शान्ति सुरक्षाको अवस्था सुध्रिद हुदै गएको बताए । उनले विभिन्न समस्या र अभावकाबिच पनि कैलाली प्रहरीले सुरक्षा दिइरहेको बताए ।


ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले टीकापुरका केही क्षेत्रमा प्रहरी बिट राख्नुपर्ने बताए । उनले गस्ति बढाउन गाडीको व्यवस्थामा गरिदिन आग्रह गरे ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed