कैलालीको अमरावती जंगलमा भएको अर्जुन दासको हत्या आरोपमा चारजना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा चारजनालाई महाननगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

अर्जुनको हत्या आरोपमा मनोज भण्डारीसहित चारजनालाई रुपन्देहीको सिदार्थनगर नगरपालिका–१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–९का १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिका–९ कै १९ वर्षीय रोनी परियार भन्‍ने दिलिप दास, सोही गाउँपालिकाका बमे भन्‍ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद रहेका छन् ।

कैलालीको जानकी गाउँपालिका–९को अमरावती सामुदायिक वनमा अर्जुन दासको घाँटी रेटेर हत्या भएको थियो ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed