कैलालीको अमरावती सामुदायिक वनमा भएको हत्या प्रकरणः भारतबाट ४ जना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।


महानगरीय महानगरीय अपराध महाशाखाको समेतबाट खटिएको टोलीले ४ जनालाई भारतबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको महाशाखा जानकारी दिएको छ।

दास हत्या घटनाका मुख्य अभियुक्त प्रहरीलाई नै चुनौती दिँदै हिँडे पनि पक्राउ पर्न सकेका थिएनन् । कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेलापरेको थियो ।

अमरावती सामुदायिक जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो ।

दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ । हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो। (स्रोतः अनलाइन खबर)

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed