कैलालीको गौरीगंगामा प्रचण्ड आउने

शेयेर गर्नुहोस

यज्ञराज जोशी
टीकापुर । कैलालीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएका छन् ।


विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउन प्रचण्ड बैशाख ८ (भोली) गते गौरीगंगामा आउन लागेका हुन्।


प्रचण्ड गौरीगंगामा आउने र सम्बोन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रले जानकारी दिएको छ ।


सो कार्यक्रममा विभिन्न पार्टीका प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।


प्रवेश गर्नेहरुलाई स्वागत तथा सम्बोधन गर्न प्रचण्ड गौरीगंगामा आउन लाग्नुभएको माओवादी केन्द्र केन्द्रीय सदस्य लक्षिराम आचार्यले बताएका छन् ।


कार्यक्रम गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मा मेला लाग्ने स्थानमा हुने समेत आचार्यले बताए ।


विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको तयारी पूरा भएको र ८ गते हुने कार्यक्रम स्थल लिक्मा मेला क्षेत्रको माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले निरिक्षण गरेका छन ।


कैलालीमा २०६४ सालको जस्तै माओवादीमा जनलहर छाउने निश्चित भएको माओवादी केन्द्र गौरीगंगाका इन्चार्ज नविन धामीले बताएका छन् ।


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा माओवादी केन्द्रका उम्मेदवारलाई विजय गराउन माहोल बन्दै गएको माओवादी केन्द्रले जनाएको छ ।


कैलाली जिल्लामा पार्टीका नेता तथा कार्यक्रर्ताहरुले संगठन बिस्तारलाई निरन्तरता दिदै आएका छन् ।

ताजा खबर

amazed