शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी वैवाह सीमा क्षेत्रमा फेरि भारतले हस्तक्षेप गर्न थालेको छ । पटक पटक नेपाली भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय पक्षले केही दिनयता फेरि हस्तक्षेप थालेको हो ।
जिल्लाको बेलडाँडी गाँउपालिका ३ वैवाहका किसान मानसिंह नेपालीले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध भएको बताइएको छ ।
नेपाल–भारत सीमा पिलर ७८५ क्षेत्रमा पर्ने मानसिंहको जमिनमा तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको हो । उक्त क्षेत्रमा यसअघि पनि भारतीय अवरोध हुदै आएको थियो ।
यस्तै बेलडाँडी ३ का वडाध्यक्ष दुर्गा चौधरीले उक्त जमिन वषौँदेखि नेपाली नागरिकले उपभोग गर्दै आएकोमा अहिले तारबार गर्दा भारतीय पक्षले तारबार उखेलिदिएको बताए । भारतीय अवरोध बढ्दै गएपछि सो क्षेत्रका स्थानीय आन्दोलित भएका छन् ।