राप्रपाको ४ पन्ने घोषणापत्रः ५० प्रतिशतसम्म स्थानीय कर कटौतीको घोषणा (पूर्णपाठसहित)

शेयेर गर्नुहोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जम्मा ४ पेज लामो घोषणापत्रमा राप्रपाले सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था युवा तथा खेलकुदलगायतका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ ।

जसअनुसार हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने राप्रपाले घोषणा गरेको छ । स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको बेला राप्रपाले करको दर घटाउने घोषणा गरेको हो ।


यस्तै रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने घोषणा पनि राप्रपाले गरेको छ ।
महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक रुपमा ३ हजार भत्ता दिने घोषणा पनि राप्रपाले गरेको छ । प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप दिने जस्ता कार्यक्रम पनि राप्रपाले ल्याएको छ ।
(यो समाचार रातोपाटीबाट लिइएको हो)

ताजा खबर

amazed