शेयेर गर्नुहोस
बौनियाँ । स्थानीय तह निर्वाचनका लागि घोडाघोडी नगरपालिका नेपाली काँग्रेसबाट मेयरमा ७ जना र उप मेयरमा ५ जनाको नाम सिफारिस गरिएको छ ।
काँग्रेस नगर समितिले उनिहरुको नाम सहित क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’ समितिलाई सिफारिस गरेको हो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ समिति, जिल्ला समिति र प्रदेश समितिलाई बोधार्थ समेत पठाइएको नगर सचिव बुधराम चौधरीले जानकारी दिए ।
नेपाली काँग्रेस घोडाघोडी नगर कमिटीले दिएको जानकारी दिए अनुसार मेयरमा लक्ष्मी राज जोशी, जियालाल आचार्य, लक्ष्मण शाही, रिता चौधरी,भीम बहादुर बडूवाल, सम्झना खत्री, काली चरण चौधरी र उप मेयरमा गुलिया चौधरी, विमल प्रकाश जोशी, रेखा देवकोटा, हेम बम र योगेन्द्र विष्टको नाम सिफारिस गरेको हो ।