शेयेर गर्नुहोस
टीकापुर । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई निष्काशित गरेको छ ।
काँग्रेस डडेल्धुराका पूर्व सभापति एवं सासंद मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै सदस्य समेत नरहने गरि निष्काशित गरिएको काँग्रेसले जनाएको छ ।
ुनेपाली कांग्रेस डडेलधुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादु्र मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहनेगरी निर्देशानुसार पार्टीबाट हटाइएको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।