वागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने माओवादीको चेतावनी

शेयेर गर्नुहोस

काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिले पार्टीको निर्णय र सत्तारुढ गठबन्धनले सहमति गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ ।

प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिएको छ।

‘पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिह्न लिदै वागी उम्मेदवार दिने पार्टीका सबै कमरेडहरुलाई २०७९ वैशाख १५ भित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णय विपरीत कदम नचाल्नका लागि निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उम्मेदवारी फिर्ता नलिए प्रदेश समितिले जारी गरेको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाउनले अध्यक्ष सहयात्रीले बताएका छन् ।

यसअघि माओवादीको भोजपुर जिल्ला समितिले पार्टीको नीति विपरीत नेकपा एमालेसँग तालमेल गरेको भन्दै नेताहरुलाई साधरण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

(यो समाचार अनलाइनखबर बाट लिइएको हो ।)

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed