जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीको चुनाव प्रचार प्रसार समिति गठन

शेयेर गर्नुहोस

स्थानियको हक र अधिकारका निम्ति जानकी गाउँपालिकामा योग्य उम्मेदवार रोज्न अध्यक्षका उम्मेदवार गणेश चौधरीको आग्रह

टीकापुर । जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहको निर्वाचन का लागि १ हजार १ सय ११ सदस्यीय चुनाव प्रसार प्रसार मुल समिति गठन गरेको छ ।

गाउ कमिटीको बैठकबाट ललित ताम्राकारको संयोजकत्वमा चुनाव प्रचार प्रसार मुल समिति गठन गरेको हो ।

मुल समितिले जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीलाई जिताउन विभिन्न खालको प्रचार प्रसार रणनीति बनाएर जनता बिच मत माग्ने जनाएको छ ।

प्रचार प्रसार मुल समितिले गाउँपालिकाका विभिन्न स्थानमा सभा तथा भेटघाट लगायतका कार्यक्रम गर्ने कार्य रहेको सो पार्टीका अध्यक्षका उम्मेदवार गणेश चौधरीले मलवारालाई जानकारी दिएका छन् ।

त्यसैगरी, नागरिक उन्मुीक्त पार्टीको जानकी गाउ कमिटिले चुनाव प्रचार प्रसारका लागि अनुगमन समितिको संयोजकमा जगतबहादुर चौधरी, युवा परिचालन समितिको संयोजकमा उमेश चौधरी , महिला परिचालन समितिको संयोजकमा भीमा महतौ रहेक चौधरीले बताएका छन् ।

चौधरीले पार्टी र समुदायबारे बिभिन्न टिकाटिप्पणी नगरि स्थानियको हक र अधिकारका निम्ति जानकी गाउँपालिकामा योग्य उम्मेदवार रोज्न स्थानियलाई आग्रह गरेका छन् ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed