भारतसँग जोडिएका कैलाली र कञ्चनपुर सीमानाका बन्द गरिने

शेयेर गर्नुहोस

टीकापुर । कैलाली र कञ्चनपुर स्थित नेपाल–भारत सिमानाका मंगलबार रातिदेखि बन्द गरिने भएको छ ।


यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सिमानाका बन्द गरिने भएको हो ।


भारतसँग सिमानाका जोडिएका कैलालीको त्रिनगर–गौरीफन्टा, खक्रौला र कञ्चनपुरको गड्डाचौकी सहितका सम्पूर्ण नाका ७२ घण्टाका लागि बन्द हुने स्थानीय प्रशासनले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि वैशाख २७ गते राती १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते राती १२ बजेसम्मका लागि सिमानाका बन्द गरिने कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed