जय महाबिर मल्टि प्रपोज एग्रो फर्मको गोदाममा आगलागि

शेयेर गर्नुहोस

आगलागि बाट करिब २५ लाख बराबरको क्षति
टीकापुर । टीकापुर नगरपालिका वडा नं. २ मा रहेको जय महाबिर मल्टि प्रपोज एग्रो फर्मको गोदाममा आज आगलागि भएको छ ।


आगलागिबाट गोदाममा रहेका बिभिन्न मेसिन, कुखुराका दाना, इन्भर्टर, बिभिन्न फर्निचर र फर्निचरका लागि राखिएका काठ लगायत भवन समेत जलेर खरानी भएको छ ।


सो फर्मका संचालक भरत बिष्टले मलवारालाई दिएको जानकारी अनुसार गोदाममा एक्कासी आगो लागेको हो । बिद्युत लाइन सर्ट भएर आगलागि भएको हुनसक्ने बिष्टको आँकलन छ ।


आगलागिबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको समेत बिष्टले जानकारी दिए ।


फर्मको गोदाममा लागेको आगोलाई टीकापुर नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । आगो नियन्त्रणमा लिएपनि फर्मको घर लगायतका सम्पूर्ण चिजवस्तु जलेर खरानी भएका छन् ।

ताजा खबर

बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अछामका डीएसपी सरुवा

amazed