टीकापुर अस्पतालद्वारा बधाई ज्ञापन तथा अन्तरक्रिया

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर अस्पतालले आज टीकापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।


टीकापुर अस्पतालका अध्यक्ष झपट बहादुर सोडारीको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा सोडारीले टीकापुर अस्पतालमा गुरुयोजना बनाएर भौतिक योजनाहरु निर्माण गरिनुपर्ने बताउनुभयो ।


टीकापुर अस्पतालमा जर्नल सर्जन आउने तयारी रहेको समेत कार्यक्रममा अध्यक्ष सोडारीले जानकारी गराउनुभयो ।


सोडारीले भन्नुभयो–‘टीकापुर अस्पतालमा नाक, कान, घाँटीको डाक्टरको अभाव रहेको छ । साथै टीकापुर अस्पताल नजिकै डाक्टर आवासको अभाव रहेकोपनि अध्यक्ष सोडारीले बताउनुभयो । यी बिभिन्न समस्याहरु समाधान गर्न टीकापुर नगरपालिका तथा टीकापुरवासीको सहयोगको खाँचो रहेको समेत उहाँले बताउनुभयो ।


टीकापुर नगरपालिका नवनिर्वाचित नगर प्रमुख रामलाल डगौंरा थारुको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । नगरपालिका प्रमुख डगौंराले स्वास्थ्य, शिक्षा, कृर्षी अत्यावश्यक भएकाले यसतर्फ नगरपालिका गम्भिर रहने बताउनुभयो ।


नगरप्रमुख डगौंराले भन्नुभयो–‘टीकापुर अस्पताललाई व्यवस्थित गर्न आ–आफ्नो क्षेत्रबाट प्रदेश र संघको ध्यानाकर्षण गराउन जरुरी छ । यसकालागि नगरपालिका सदैव तत्पर रहने समेत नगरप्रमुख डगौंराले बिश्वास दिलाउनुभयो ।


यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि एवम् टीकापुर नगरपालिका नवनिर्वाचित उपप्रमुख खडक बहादुर शाहले टीकापुर अस्पतालमा दरबन्दी अनुसारको सेवा प्रदान नभएकाले यसलाई सुधारेर लैजानुपर्ने धारणा राख्नु भयो ।


टीकापुर अस्पतालले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने कुरा ध्यानाकर्षण गराउदै टीकापुर नगरपालिकाबाट अस्पताललाई सक्दो सहयोग गर्न पछि नहट्ने समेत नगर उपप्रमुख शाहले बताउनु भयो ।


यसैगरी टीकापुर अस्पतालका निवर्तमान अध्यक्ष दिपक रावलले टीकापुर अस्पतालमा व्यवस्थित ल्याब संचालन नभए टीकापुर अस्पतालको भविष्य नभएको बताउनुभयो ।
रावलले भन्नु भयो– ‘टीकापुर अस्पतालमा फार्मेसी र सपिङ कम्प्लेक्स पनि व्यवस्थित हुनुपर्ने अवस्था देखिएको छ ।


यसैगरी कार्यक्रममा टीकापुर नगरपालिका १ नं. वडा कार्यालय का निवर्तमान वडाध्यक्ष गंगारा आचार्य, टीकापुर अस्पतालका पुर्व अध्यक्ष रतन खड्का, एमालेका टीकापुर १ इन्चार्ज भुपेन्द्र साउँद, यदुराम पाण्डे, समाजसेवी रबिन्द्र बिष्ट, जनता समाजवादी पार्टी प्रतिनिधी जितराम चौधरी, पत्रकार झलनाथ खनाल लगायतले आ–आफ्ना सुझावहरु दिएका थिए ।


टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप कुमार शाहले स्वागत मन्तब्य राख्नुभएको थियो भने जनस्वास्थ्य निरीक्षक तेजबिक्रम शाहीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed