हमालले गरे नगरवासीका गुनासा, सुझाव, समस्या सम्बोधनका लागि ह्वाटस्एप नम्बर सार्वजनिक

शेयेर गर्नुहोस

टंक कुवर
धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले नगरवासीका गुनासा, सुझाव समस्या सम्बोधनका लागि ह्वाटस्एप नम्बर सार्वजनिक गरेका छन् ।


आज पत्रकार सम्मेलनको आयोजना गर्दे हमालले आफनो ९८५८४८८८९५ ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन् ।


सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन सो नम्बर सार्वजनिक गरेको उनले बताए । ‘यो नम्बर मसँग हुन्छ। नागरिकको गुनासो सुन्नलाई हो ।


विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस् ।
म तुरुन्त कारवाहीको प्रक्रियामा जान्छु,’ उनले मलवारासंगको कुराकानीमा भने ।


भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्नसमेत अनुरोध गरे ।

धनगढी उपमहानगरपालिका बाट पाउने हरेक सुचना पार्दशि बनाउने र नागरिक लाई सहि सुचना दिने हाम्रो कर्तब्य भएको पनि उनले बताए । नागरिकले अब हरेक सुचना उपमहानगरपालिका बाट पाउनुहुन्छ उनले भने बिगतमा केही प्राबिधिक समस्या भएपनि अब त्यस्तो नहुने समेत हमालले दावी गरे ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *