भरुवा बन्दुकसहित २ जना पक्राउ

शेयेर गर्नुहोस

बैतडी । बैतडीमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराजस्थित चौंसालको जंगलबाट दुईजना भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दोगडाकेदार वडा नं ८ का ४० बर्षीय हिक्मतबहादुर बिष्ट र डिलाशैनी ४ का २१ बर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन् । उनीहरुको साथबाट एकनाले दुईथान भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र बारुद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed