आज जेठ १९ अर्थात् राजा वीरेन्द्रको बंश नाश भएको दिन

शेयेर गर्नुहोस

काठमाडौँ । आज जेठ १९, आजभन्दा ठीक १९ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो, जहाँ स्वर्गीय राजा वीरेन्द्र शाहको वंशनाश गरिएको थियो । समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबार रात्रिमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका दश जनाको हत्या गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।


घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश, संसदका सभामुखको नेतृत्वका छानविन गरे पनि त्यसले तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टि अझै उत्तिकै छ । यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानविन अझै भएको छैन ।

पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन त दिएका छन् तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन । जसका कारण यस दिन नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ ।

अत्यन्तै बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशाली मानिएको राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझैसम्म स्वतन्त्र रुपमा छानविन हुन नसक्नु बिडम्बना नै हो । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानविन समितिले घटनाका बारेमा प्रतिवेदन तयार गरेपनि सो प्रतिवेदनलाई आम जनताले सहजै पत्याउन सकेका थिएनन् ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

त्यसैले पनि आउने दिनमा यो हत्याकाण्डको तथ्यसम्म पुगेर छानविन होला भन्नेमा आशंका थपिएको छ ।

(यो समाचार सेतोखबर बाट लिइएको हो ।)

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed