टीकापुरका मेयरले लिए नगर बिकाश समितिको जिम्मेवारी

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका प्रमुख रामलाल डगौंरा थारुले बिहिबार टीकापुर नगर बिकाश समितिको जिम्मेवारी लिनु भएको छ ।


टीकापुर नगर बिकाश समितिमा भएको पदभार ग्रहण तथा पदस्थापन कार्यक्रममा नगर प्रमुख एवम् टीकापुर नगर बिकाश समितिका अध्यक्ष समेत रहनु भएका थारुले टीकापुरका बिभिन्न समस्याहरु बारे गहिरो अध्ययन गरेर अघि बढ्ने बताउनुभयो ।


नगर प्रमुख तथा नगर बिकाश समितिका अध्यक्ष थारुले हरियो टीकापुर, ग्रिन टीकापुर बनाउने पहिलो शुरुवात रहेको पनि उक्त कार्यक्रममा बताउनुभयो ।


टीकापुरका १ देखि ब्लक नं. ३२ सम्मका सबै ब्लकहरुका सार्बजनिक जग्गाहरुमा आँप, अम्बा, लिची, फुलहरु लगाइन नगरपालिकाको पहिलो प्रथमिकता रहेको थारुले बताउनुभयो ।


नगर प्रमुख थारुले भन्नुभयो–‘टीकापुर औधोगिक क्षेत्रको जग्गा बिषयमा बिगतदेखि कुरा उठिरहेका छन् । औधोगिकक्षेत्रको जग्गा बिषयमा सबैले मिलेर अगाडि बढेमा औधोगिक क्षेत्रको जग्गाका समस्याहरु समाधान गर्न आफु तत्पर रहेको छु ।


टीकापुरमा बढ्दो लागुऔषधले टीकापुरक्षेत्रका युवाहरु दिनदिनै कुलतमा फस्दै गएकाले लागुऔषध दुव्र्यशनी नियन्त्रण गर्न समेत सबैले गम्भिर हुनुपर्ने नगरप्रमुख थारुले बताउनुभयो ।


कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख पुष्कर खड्का, टीकापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाही, टीकापुर नगरपालिका लेखा अधिकृत लक्ष्मी ओड, एमालेका टीकापुर नगर अध्यक्ष धु्रबराज खत्री, नेपाली कांग्रेस प्रतिनिधी नरेश कुमार खत्री, पत्रकार पदम सापकोटा, पत्रकार झलनाथ खनाल लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed