जानकी गाउँपालिका अध्यक्ष चौधरीले गरे पत्रकारसंग छलफल

शेयेर गर्नुहोस

बिभिन्न निर्णयबारे जानकारी


टीकापुर । जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले बिहिबार पत्रकारहरु संग छलफल गर्नुभएको छ ।


छलफलमा अध्यक्ष चौधरीले गाउँपालिकाले बिहिबार गरेको एक कार्यक्रमले बिभिन्न बिषय वस्तुको निर्णय गरेको बताउनु भयो ।


उहाले भन्नुभयो– २०७२ को टीकापुर घटनालाई राजनितीक घटना बनाउनुपर्ने छ । यसकालागि जानकी गाउँपालिकाले सरकारका माथिल्लो निकायसम्म छलफल गर्ने समेत अध्यक्ष चौधरीले बताउनुभयो ।


अहिले कैलालीका बिभिन्न ठाउँहरुमा छाडा पशु चौपायाको ठुलो समस्या छ । साथै छाडा पशु चौपायाले जानकी गाउँपालिकामा समेत समस्या छ । यो समस्या जानकी गाउँपालिकाले मात्र नियन्त्रणको प्रयास गरेपनि समस्या समाान हुन जटिल छ । त्यसैले छाडा गाईबस्तु नियन्त्रण गर्न छिमेकी पालिकाहरु संग पनि सहकार्य गरेर छाडा पशुचौपाया नियन्त्रणको प्रयास गरिनेपनि निर्णय गरिएको अध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।


जानकी गाउँपालिका नवनिर्वाचित अध्यक्ष गणेश चौधरी स्थानीय निर्वाचन पूर्व यसक्षेत्रबाट पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँ लामो समय सम्म कान्तिपुर दैनिकमा संवाददाताकोरुपमा कार्यरत हुनुहुन्थ्यो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *