शालिक राखेर राजा फर्कंदैनन्ः कमल थापा

शेयेर गर्नुहोस

नेपालगञ्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शालिक राखेर मात्रै राजा नफर्कने बताएका छन् । बाँकेको नेपालगन्ज धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा तनाव उत्पन्न भएपछि राजा इतिहासको सम्झना मात्रै भएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘शालिक राखेर राजा फर्कने होइन। इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।’आन्दोलनको रापतापमा राजालगायत बिपी, भानुभक्त समेतको शालिक तोडफोड गर्नु चाहिँ गलत भएको उनको भनाइ छ ।


उनले अगाडि लेखेका छन्, ‘आन्दोलनको रापतापमा राजालगायत बिपी, भानुभक्त समेतको शालिक तोडफोड गरियो। त्यो गलत थियो । नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठिक भएन ।’

राजतन्त्रको वकालत गर्दै हिँड्ने कमल थापा राप्रपाको अध्यक्षका राजेन्द्र लिङ्देलसँग पराजित भएपछि राप्रपा नेपाल ब्युँताएर राजाको विरोध गर्दै आइरहेका छन् । स्थानीय निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेर सूर्य चुनाव चिन्हमै चुनाव लडेको भए पनि राप्रपा नेपालले एउटा पनि स्थानीय तह जित्‍न सकेन ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed