कैलाली जिल्ला समन्वय प्रमुखका लागि कांग्रेस र नागरिक उन्मुक्तिबाट उम्मेदवारी दर्ता

शेयेर गर्नुहोस

टीकापुर । यहि जेठ ३० गते हुने जिल्ला समन्वय समिति कैलालीको विभिन्न पदाधिकारीका लागि आइतवार मनोनयन दर्ता भएको छ। निर्वाचन कार्यतालिका अनुसार आइतबार प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

गठबन्धनका साझा उम्मेदवार कलेल गौरीगंगा नगरपालिका–८ र चौधरी जानकी गाउँपालिका–६ मा निर्वाचित भएका हुन्। यस्तै जिससको उपप्रमुखका लागि पनि २ जनाको उम्मेदवारी दर्ता भएको छ। माओवादी केन्द्रबाट खगराज भुषाल र नेकपा एमालेबाट राजेन्द खनालको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै अन्य ७ जना सदस्य पदका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।

जिसस कैलालीको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल भएको छ भने, एमाले र नागरिक उम्मुक्ति पार्टीबीच छुट्टै तालमेल भएको छ ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *